गजल
बादलको घुम्टो भित्र निस्सासिदै
मडारिन्छन्, नशालु रातहरु,
खोतली खोतली, जीवन, धमिल्याउन खोज्छन्, नशालु रातहरु ।
बर्सातको बाढि ह्वात्तै पसेको हो र सुनौला फाँटहरुमा ?
नअस्ताउँदै साँझ, विथोलिन्छन् नशालु रातहरु ।
मन्दिरको ढोका उघार्न खोज्दा, च्यापिएका सुकोमल हातहरु,
मुसार्न खोज्दै, चिहानघारीमा विलाउछन्, नशालु रातहरु ।
एकान्तमा, छरपष्टिएका सपनाहरु पोको पार्याथ्यो, पछ्यौरीमा,
पुजारी फुकाउँछन् जनैका शिखा
अन्धकारमा र नाप्छन्, नशालु रातहरु ।
संवेदनाहरु पोखिन्छन् छताछुल्ल घर
भित्र ओछ्यानहरुमा,
अल्झिन्छ अहंकार उन्मत्त रापहरुमा, र निमोठिन्छन् नशालु रातहरु ।
निर्बस्त्र, उधिनिएका घाउहरु कोट्याउदै, आउछन् तिम्रा समयहरु,
लुकाएर टुप्पी भित्र अनगिन्ति
अस्लिल पानाहरु, र पल्टाउछन् नशालु रातहरु ।
दन्त्ये कथा भित्र रोपेर गोला बारुद, कविताका पंतिहरुमा,
उचाल्दै, पछार्दै, युगहरु निर्लज्ज उभ्याउँछन् नशालु रातहरु ।
Comments