गजल
बादलको घुम्टो भित्र निस्सासिदै मडारिन्छन् , नशालु रातहरु , खोतली खोतली , जीवन , धमिल्याउन खोज्छन् , नशालु रातहरु । बर्सातको बाढि ह्वात्तै पसेको हो र सुनौला फाँटहरुमा ? नअस्ताउँ दै साँझ , विथोलिन्छन् नशालु रातहरु । मन्दिरको ढोका उघार्न खोज्दा , च्यापिएका सुकोमल हातहरु , मुसार्न खोज्दै , चिहानघारीमा विलाउछन् , नशालु रातहरु । एकान्तमा , छरपष्टिएका सपनाहरु पोको पार् याथ्यो , पछ्यौरीमा , पुजारी फुकाउँछन् जनैका शिखा अन्धकारमा र नाप्छन् , नशालु रातहरु । संवेदनाहरु पोखिन्छन् छताछुल्ल घर भित्र ओछ्यानहरुमा , अल्झिन्छ अहंकार उन्मत्त रापहरुमा , र निमोठिन्छन् नशालु रातहरु । निर्बस्त्र , उधिनिएका घाउहरु कोट्याउदै , आउछन् तिम्रा समयहरु , लुकाएर टुप्पी भित्र अनगिन्ति अस्लिल पानाहरु , र पल्टाउछन् नशालु रातहरु । दन्त्ये कथा भित्र रोपेर गोला बारुद , कविताका पंतिहरुमा , उचाल्दै , पछार्दै , युगहरु निर्लज्ज उभ्याउँछन् नशालु रातहरु । गजल वाचन- नशालु रातहरु