प्रश्नहरुको खेती
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन् , थाक्छन् , तम्सिन्छन् , थाक्छन प्रश्नहरु , अ लम लिन्छन प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा , कर्कलोको पातमा फुटेका पा नी का थोपा झैं प्याट्ट फुट्न खोज्छन् , अनि अड्किन्छन फेरि प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा । अचम्म लाग्छ , मेरा कविताका बहकावहरु छोडेर , मेरा रंगमञ्चका रंगहरु मोडेर , मेरा "ऐश्वर्यका" शान्त लहरहरु छचल्काएर मेरा यी सिसाकलमका टुप्पाहरु प्रश्नको खेती गर्न जुर्मुरिन्छन् । घोत्लिन्छु अनायासै , खिरिल्याउन खोज्छु प्रश्नहरु , आफ्नै प्रश्नहरु सिसाकलमका टुप्पहरुमा अड्काएर , लिप्न खोज्छु अक्षरहरुमा तिनै प्रश्नहरु , यी विचरा सिसाकलमका टुप्पाहरुलाई के थाहा प्रश्नको खेती गर्नु भनेको , प्रश्नहरुको खेती गर्दा गर्दै निधार निचोरिए त ठिकै छ , मुटु निचोरियो भने , अझ मुटु कलेजो नै निचोरियो भने । सोच्छु सिसाकलमका टुप्पाहरु दगुरी रहन्छन् जताततै , टुंडाहरु अड्काउदै , ...