Posts

प्रश्नहरुको खेती

Image
  अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन् , थाक्छन् , तम्सिन्छन् , थाक्छन प्रश्नहरु , अ लम लिन्छन प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा , कर्कलोको पातमा फुटेका पा नी का थोपा झैं प्याट्ट फुट्न खोज्छन् , अनि अड्किन्छन फेरि प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा ।   अचम्म लाग्छ , मेरा कविताका बहकावहरु छोडेर , मेरा रंगमञ्चका रंगहरु मोडेर , मेरा "ऐश्वर्यका" शान्त लहरहरु छचल्काएर मेरा यी सिसाकलमका टुप्पाहरु प्रश्नको खेती गर्न जुर्मुरिन्छन् ।   घोत्लिन्छु अनायासै , खिरिल्याउन खोज्छु प्रश्नहरु , आफ्नै प्रश्नहरु सिसाकलमका टुप्पहरुमा अड्काएर , लिप्न खोज्छु अक्षरहरुमा तिनै प्रश्नहरु , यी विचरा सिसाकलमका टुप्पाहरुलाई के थाहा प्रश्नको खेती गर्नु भनेको , प्रश्नहरुको खेती गर्दा गर्दै निधार निचोरिए त ठिकै छ , मुटु निचोरियो भने , अझ मुटु कलेजो नै निचोरियो भने ।   सोच्छु सिसाकलमका टुप्पाहरु दगुरी रहन्छन् जताततै , टुंडाहरु अड्काउदै , ...

बारुद

बारुद बनेर पड्किन छेकिरहेछ घना बादल माथि माथि पहाडको टुप्पोमा घनघोर पानी बर्षाउन ,   आगोको मुस्लो निभाउँछ हुण्डरी र छोड्छ झर्झराउॅंदा कोइला खरानी भित्र ,   कि खोतलुँ फेरि उडाउँदै खरानी , तिनै झर्झराउँदा कोइलाहरु , र झोसी दिउँ चक्रवातका मुलहरुमा ।   मुर्झाएको भाले फेरि बास्न थाल्छ एक तमासले एकाबिहानै ,   चल्लाहरु मडारिन्छन् उछिट्टिन्छन् खोर भित्र बाहिर जताततै ,   कर्कस डाक फैलाउँदै सिउर ठडाउँछ फेरि , फेरि गडगडाउँछ , मानौ उसका डाकले सारा उठ्नेछन् र उसकै गाना गाउने छन् उसकै भजन बजाउने छन् साँझ विहान , रातो दिन ,   अनि , उ किच्दै मिच्दै पोथीहरु उठ्नेछ झन् माथि माथि , शिर ठडाइ रहने छ युगौं युग चल्लाहरु किचोल्दै पोथीहरु मिचोल्दै ,   कि छिनाली दिउँ तेस्को सिउर घोपेर जेलिएका नसा नसामा।   फेरि जन्मिन्छ पसिना , विहानिका घामहरुमा , निधारबाट बग्न थाल्छ कुना काप्चाहरु छिचोल्दै पाखा पखेराहरुमा , बिउँझाउँछ पौरख उठाउँदै छातीहरु , र सिंचाउँछ ...

म नाङ्गै छु महोदय

Image
म नाङ्गै छु महोदय, कलमचक्र परमवीर ! मेरा वरिपरिका मुखियाहरु पनि त नाङ्गै रहेछन् नि ! किन तेत्रो विश्मात गर्नु भएको ? यहाँको दिब्यज्ञानले सिंचित इहलौकिक संसार छताछुल्ल लेखिदिनुहोस् न, पोखिदिनुहोस् न समयका निर्जिव भित्ताहरुमा अक्षरहरुका स्वर्णिम साम्राज्यहरु, जहाँ अनगिन्ति कौवाहरु आकाशतिर फर्किएर का का गरिरहुन्, सत्ताको चास्निमा निर्लिप्त आकुल ब्याकुल अक्षम खलनायकहरु फेरि दौरासुरुवाल टल्काएर सपनामै खुदो खाईरहुन, म आफ्नो हतियार सोझ्याएर ठुङ मारिरहन्छु, म आफ्नो लगाम सोझ्याएर टाप बजारिरहन्छु गडक गडक, गडक गडक ।   चिया बगानहरुमा बग्रेल्ति बाँडिएका सपनाहरुलाई फूल देखाएर सर्प झोस्नेहरुले, सत्ता अभीप्साका अपरिमेय उच्छलनहरुमा निथ्रुक्क भएर "सम्बृद्दि"को होलिवाइन घोल्नेहरुले, मेरो स्वाभिमानको उछितो काढेको कथा लेख्ता यहाँको कलम लर्खराउनु पर्ने, यहाँको दिमाग खल्बलाउनु पर्ने, यहाँ त सर्बब्यापी कलमवीर, मेरो अभिमानको दुर्दशा के देख्नु हुन्छ, महोदय ?   मेरा सलबलाएका हातहरु, मेरा तिलमिलाएका मातहरुको खहरे उर्लिरहे...