मेरो दशैं
तिम्रा कृशमस र तिम्रा थ्याङ्क्सगिभिङहरु हजार रङ्गहरु लिएर आउदा हुन् , तिम्रा रहरहरु सजाउदा हुन् , तिमी आधा रात सम्म सोमरस को चुस्कि सङ्गै रोमाञ्चित हुँदि हौ , अझ उज्यालै हुन्जेल तिम्रा बासी कक्टेलहरु ति चिसोमा जमाएका अनगिन्ति ब्रेडहरुमा , तिम्रा “ बा ” हरु र तिम्रै “ आमा ” हरुसॅंगै रोष्ट र सिगरेटका धुवाँहरुमा , तिम्रा संस्कारहरु , र तिम्रा आदर्शहरुको बग्रेल्ति बिस्कुन् लगाउँदै , चुस्कि मार्दि हौ , श्याम्पेन फोर्दि हौ , आधुनिकताले कक्रिएको तिम्रो मनमा उत्तर आधुनिकताको जलप लगाएर सर्ब श्रेष्ठ भएको प्ले य्याक्टिङ् गर्दि हौ । तिम्रै घरभित्र तिम्रै बा र आमाहरुलाई पराई भएको देख्दा पनि , उर्लिएको तिम्रो शान र तिम्रो आनले चसक्क बिझाएको मेरो मन तिम्रा कृशमस र तिम्रा थ्याङ्क्सगिभिङहरुले तान्न सकेनन् , भो , मलाइ मेरै दशैं फिर्ता देऊ । समयको चक्र नै घुमाउन तम्सिने , अनि तिम्रा अनेकन बहुलट्टि सपनाहरुमा मलजल गरिदिेने तिम्रा महानाय़कहरु , संसारकै रेखा छिन छिनमै फेर बदल गर्न लालायित तिम्रा "अभेध्य" नायकहरु , मेरा , तिम्रा , हाम्रा सबै...